'बिबिआर' फुटसलमा ‘सन्देश मेमोरियल च्याम्पियन’
पाेखरा | साउन ११, २०७९
पोखरा ः पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको छ ।
‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरे ।
प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे ।
कुल २६ समुहको सहभागिता रहेको फुटसल प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडी टिममा समावेश गर्नपाउने व्यवस्था रहेको थियो ।
सोही अनुरुप हिमालयन शेर्पा क्लबका खेलाडी भिषण गुुरुङ र व्रिगेड व्यााइज क्लबका रन्दिप पौडेल र राष्ट्रिय फुटसल टिमका किशोर गुुरुङ, रोशन छन्त्याल र विजय श्रेष्ठले विभिन्न टिमबाट सहभागिता जनाएका थिए ।
७ जना राष्ट्रिय खेलाडीलाई सम्मान
फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।
राष्ट्रिय फुटबल टोलीका सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), फुटसल टिमका गोल रक्षक विश्वास क्षेत्री र फुटबल तर्फका हिमालय शेर्पा क्लबका मान बहादुुर तामाङ, र त्रिदेव गुुरुङ, मनाङ मस्र्याङ्दी क्लबका विमल राना, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।
यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

